टंक सुवेदी
आठौं मास भयो तितो र नमिठो उन्साठी संवत्सर
मेरी सादर पुजनिय जननी यो लोक देखिन् पर
आफैं मात्र कता सवारी हुनुभो संकेत क्यै पाइन
छोरा आज कता , नता दिदी यता कस्तो उदायो दिन
(१)
आंसु टप्प खसे र यो दिल दुख्यो सारै नराम्रो भयो
किन्तु यो मृत मुर्ती मौन छ यता चल्दैन , चल्दैन यो
तारा , जुन झरे परे किरणका तांती उज्यालो भयो
मेरा भन्नु सवै जुटे तर यता सर्वस्व मेरो गयो
(२)
हाम्रा शिर झुके , झुके फुल हरू , ओर्ल्यो तलै वादल
माला फूल चढाउॅंदा मलिनभो मेरै पराले घर
लाग्यो लस्कर दाजु भाइ हरूको हामी गयौं सागर
हाम्रो हिन्दु परम्परा पनि झुक्यो संस्कारका खांतिर
(३)
आलो घाउ निको भएर मनको मैलो विसाए पनि
आमाको ममता भयो पर निकै खल्लो भयो जिवनी
मेरो एक थियो दियो महलको कस्ले निभायो किन
आमा मेरी कता वता पवन हे मैले कतै देखिन
(४)
मेरो शैसव कालमै पृय पिता यस्तै गरी जानुभो
आमाले घर वारमा असजिला गोता निकै खानुभो
छोरी वालकमै पराधिन हुंदा संकट हरूले छुंदा
एक्लै यो व्यवहार भार कसरी थाम्नु भयो सर्वदा
(५)
वावु आउ लगाउ खाउ गतिलो नौलो छ यो लौ भनी
पोल्टा वाट झिकी मिठो सरसिलो मिल्थ्यो मलाइ पनि
रोजै स्कुलमा पुर्याउनु हुने आमा हुनुभो पर
भो भो काल यतै पठाउ किन यो रित्तै छ मेरो घर
(६)
वावु आउ यता नजाउ डिलमा पर्खाल अग्लो छ यो
भो भो वाहिर जानु हुन्न अहिले राती अंध्यारो भयो
सारै प्रेम गरी मुसारी चिउॅंडो माया दिने सादर
आमा मेरी यतै पठाउ किन यो रित्तै छ मेरो घर
(७)
जो पर्छन् घरमा सदा असजिला जंजाल आंफैं सही
वावु अन्त नजाउ आउ वस यो मेरो नजिकमा रही
धेरै वेर पढे , वढे भनी सधैं हुन्थ्यो मलाइ कर
भो भो काल यतै पठाउ किन यो रित्तै छ मेरो घर
(८)
यस्तो दिन उदाउला र कसरी भन्नै नपाइ कन
आमाको स्तन पानको ऋण ठूलो तिर्नै नपाइ कन
चौरासी नहुदै लगेर मनको धोको नपुग्ने भयो
भो भो काल यतै पठाउ घरको वर्चस्व मेरो गयो
(९)
हे हे काल कति कठोर दिलहो तिम्रो फलामै सरी
आमाको ममता भुलेर किन यो सर्वस्व मेरो हरी
आधा रात हुंदा चुंडेर कसरी आमा वनायौ पर
भो भो काल यतै पठाउ किन यो रित्तै छ मेरो घर
(१०)
छोरा नाती र छोरीहेरू टुहुरा पारेर एक्लै कता
आमा वावु लगिस् चुंडेर कतिका हे काल तैंले वता
मेरी सागरझैं पवित्र जननी भो भो नजाउ पर
हाम्रै शान्त हिमाली स्वर्ग छ मिठो मेरै पहाडी घर
२०५९ । ०९ । २५ ।
(७)