Sat. May 18th, 2024

टंक सुवेदी

कास्कीको पूर्वमा थुंकी , हंसपुर मिठो छ यो

पोखरा वेहुली जस्तै सुन्दरी नगरी भयो

सवैको विचमा राम्रो समझदारी जनाइयो

समस्या ग्रस्त मान्छेको पूर्वाधार वनाइयो

(१)

नया समाज खोलेर सम्पर्क राख्न थालियो

खोलियो दिलको दैलो अन्धकार पखालियो

छिमेकी गाउॅंको नाउॅं थुम्की र हंसपुर छ

आजको चन्द्रमा टेक्ने नौलो संसार दुर छ

(२)

घना जंगलका घारी , वारी खेत हजार छन्

गाउॅं वेसी मिलेका छन् आंफैं भित्र वजार छन्

छहरा पहरा चुम्दै मुलवाटो समाउॅंछन्

चपला अवला खेल्दै आनन्दले रमाउॅंछन्

(३)

मैना , वाज संगै खेल्छन् गाई , वाघ निदाउॅंछन्

आंफ्नै संसारमा हुन्छन् जिन्दगानी विताउॅंछन्

मान्छे लाख वसेकाछन् भाषा , धर्म अनन्त छन्

समता , ममता चल्छ आंफैं भित्र वसन्त छन्

(४)

न त्याहा सर्वहारा छन् न त करोडका पति

आंफ्नै पौरखमा हुन्छन् मिलेका छन् कति कति

श्रमको सापटी चल्छ होस्टे हैंसे मिलाउॅंछन्

समस्या पर्न आएमा आंफैं न्याय दिलाउॅंछन्

(५)

विभिन्न जात जाती छन् भाषा भेष अनेक छन्

आफ्नै संस्कृतिमा रम्छन् समस्या भित्र एक छन्

न त्यांहां कहिल्यै तेस्तो झगडा , तकरार छ

विद्यालय खुलेका छन् न तेस्तो अन्धकार छ

(६)

आंफ्नै गास कटाएर संघ संस्था चलाउॅंछन्

भावी सन्तति को लागी आजै सुन फलाउॅंछन्

मान्छे धेर पढेका छन् वढेका छन् सवैतिर

नेपाली पनमा चल्ने थुम्की र हंसपुर छ ।

७ फागुन २०७९ ।