Sat. Feb 15th, 2025 3:14:11 PM

टंक सुवेदी

हामी सवै नेपालका साना साना नानी

पढने , लेख्ने गर्नु पर्छ वन्नु पर्छ ज्ञानी

पढन , लेख्न रमाउॅने सवै मेरा साथी

हामी लाइ सिकाउॅने गुरू आमा जाती

बाबा आमा , गुरूमाको माया मिठो पायौं

कपि , कलम , झोला वोकी पढन , लेख्न आयौं

आइत वार पढन आउने सवै मेरा साथी

हामी लाइ सिकाउॅने गुरू आमा जाती

पढन , लेख्न रमाउॅंने साना बाबु , नानी

नेपालको माया गर्ने कति मिठो वानी

नेपालको हावा , पानी नेपालको माटो

नेपालीले खन्नु पर्छ नेपालको वाटो

दिसेम्वर ८ । २०२४ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *