Fri. May 3rd, 2024

टंक सुवेदी

आयो आज दशैं तिहार म यता नेपाल भन्दा पर

रंगाए सुकुमारीले चहकिला सेता वने हुन् घर

हॅासेहुन् सयपत्री हंसपुरमा , फूल्दै हुनन् सर्वदा

मान्छे टन्न सवै घरैतिर हॅूदा आयो दशैंको मजा

(१)

वर्षा याम गयो हिलो र धमिलो , मैलो वगाइ सक्यो

धर्ती सुन्दर देखियो शरदको संसार आई सक्यो

गॅाऊ , टोल सफा , सफा नद , नदी वाटा , पनेरा सफा

सारै कंचन देखिए हिंऊचूली आयो दशैंको मजा

(२)

वारी , खेत र वेंसी फॅाट हरुमा वाली टनाटन् झुले

पाखामा , फूलवारीमा मखमली थुंगा हजारौं फूले

वीद्यार्थी हरु , राष्ट्र सेवकहरु ऐले घरैमा हॅूदा

जागिरे जती गॅाउ भित्र छरिए आयो दशैंको मजा

(३)

खैंजेरी , मुजुरा र मादल संगै मर्काउदै कंमर

नाचेहुन् सुकुमारी छम्छमगरी त्यै वारपिर्के तिर

रोटेपिंग मचाउॅदै खुसिहॅुदै खेल्दा र घुम्दा सदा

ताजा मासु ,खसी र सेल दिनहॅू आयो दशैंको मजा

(४)

शक्ती पिठ खुलेर मन्दीर हॅूदो दुर्गा पुजा आऊॅदा

पालो पर्खनु पर्छ दर्शन गरी माला टिका लाऊॅदा

यद्वा चन्दन , फूलले , अविरले संमान धेरै दिदा

वज्छन् शंख र घण्टका धुनहरु आयो दशैंको मजा

(५)

गॅाऊमा , घरमा टिका र जमरा दुर्गा पुजा लॅाउदा

आयु द्रोणसुते श्रियम् दशरथे गाथा उनै गॅाउदा

आफन्त हरुवाट आशिष लिंदा संमान धेरै दिदा

माया , प्रेम रहन्छ भन्छ दुनिया आयो दशैंको मजा

(६)

ताजा सेल , पुरी , मिठाई कतिका घर्मा सधैं पाक्दछन्

यस्तै मासु , खसी र हॅास ,कुखुरा पाल्छन घरै राख्दछन्

अम्वा ,आप र सुन्तला घरघरै खॅादा र घुम्दा सदा

मान्छे दंग हॅुदैछ गॅाऊ , घरमा आयो दशैंको मजा

(७)

यस्तै हुन्छ तिहारमा घर ,घरै लक्ष्मी पुजा आउदा

सातै रंगी टिका लगाइ दिदीले आशिष वर्षाउदा

श्रद्दाले मखमौली फूल , पगरी , माला गलामा हॅुदा

कोसेली ,उपहार हुन्छ रसिलो दिपावली को मजा

(८)

घरमा, माइतमा दिदी र वहिनी जान्छन् सधैं आऊछन्

कोसेली र मिठइ , फल्फूल हरु लान्छन् सधैं ल्यॅाउछन्

हुन्छन् भेट सॅगै वसेर दिनहॅु खान्छन् सदा सर्वदा

किन्तु हुन्न तिहारको झिली , मिली दिपावली को मजा

(९)

यद्वा कोइ व्रतवन्ध , भोज र विहे गर्छन् , पुजा लाउछन्

स्वस्थानी र कथा ,पुराण हरुमा मान्छे निकै आउछन्

खान्छन् सेल ,पुरी मिठाइ र रसिला नैवेद्य नाना सदा

किन्तु हुन्न कसै तिहार सरीको दिपावली को मजा

(१०)

वारिका डिलमा फूलै , फूलहरु फूल्दा र फक्रॅाउदा

अंवा , आप र सुन्तला शरदले संमान टक्र्यॅाऊदा

सुन्दा मालसिरी र वन्धुहरुको संवन्ध गाढा हॅुदा

संझन्छु दिन , रात कान्तिपुरको दिपावलीको मजा

(११)

मरो आज दशैं , तिहार छ यता मेरी दिदी छन् उतै

कौडा ,तास र मिर्मिरे समुहको द्यौसी र भैलो उतै

आगेशाल दशैं सकेपछी उतै नेपालमै आउॅला

लिंउला हामी दिदी र भाइ विचमा दिपावलि को मजा

(१२)

स्कुल वन्द मजा , अफिस तिर क्वै कुद्नै नपर्ने मजा

अड्डा वन्द मजा , अदालत हॅुदो जुध्नै नपर्ने मजा

वारी , खेत र वेंसी फॅाट हरुमा वाली टनाटन् मजा

हाम्रो तिज मजा ,दिपावली मजा ऐले दशैं झन्मजा

(१३)

आयोकोभिडको प्रकोप कसरी संसारमा फैलियो

लाखौं लाख मरे सतर्क नहॅुदा नेपाल यो मैलियो

आफ्नो ख्याल गरेर जोगिन सके लाग्दै नलाग्ने हॅूदा

मानौं आज घरै वसेर सवले आयो दशैंको मजा

लौ लौ तिज मजा ,दिपावली मजा,मेरो दशैं झन् मजा

। १२ ।०९ ।२०२०।