Fri. May 17th, 2024

टंक सुवेदी

ब्रुकफिल्ड तंलाइ म छाती भित्र लुकाउॅंछु

तेरो सुन्दरता हेर्दा सधैं शिर झुकाउॅंछु

वघैंचामा सजाएका फूलझैं सुन्दरी परी

तेही सुन्दरता भित्र रूप देख्छु सयौं थरी

(१)

माझेका थाल जस्ताछन् वाटा घाटा चिटिक्कका

चोक चोक वढारेका मझेरीझैं सिलिक्कका

त्यहीं कार दगुर्दै छन् कतै रेल कराउॅंछ

तेरो सुन्दरता हेर्दा शोक सुर्ता हराउॅंछ

(२)

ब्रुकफिल्ड म हेर्दैछु तेरो छाती विशाल छ

न त्याहां क्यै नमिल्दोछ न कतै गोलमालछ

घरवार मिलेकाछन् व्यवस्थित वजार छन्

वाहिर केही देखिन्न भित्र मान्छे हजार छन्

(३)

टर्की वथानमा घुम्छन् पातमा फूल पार्दछन्

तिनै फूल संगालेर वाल वच्चा उमार्दछन्

मृगको पनि तेस्तैछ आंफ्नो जिवन पद्धती

सवै जंगल भित्रै छन् मिलेका छन् कतिकति

(४)

ब्रुकफिल्ड तं नै मेरो जिन्दगी भित्रको चूरो

तेरो संगतमा मैले पिएको छु नयां कुरो

जता हेर्छु उतै राम्रो मिलेको मात्र देख्दछु

त्यही रूप संगालेर कविता आज लेख्दछु

(५)

शरद ऋतु उदाएसी पालुवा तल झर्दछ

झरेका पालुवा माथी उज्यालो हिंउॅं पर्दछ

नयां वसन्त आएसी नयांपात पलाउॅंदा

टुप्पा वाट लतारिन्छन कोपिला कल्कलाउॅंदा

(६)

ब्रुकफिल्ड तं भित्रैका पार्कमा घुम्न जान्छु म

तेरो भण्डारमा जे छ त्यै त्यै खोजेर खान्छु म

तेरै काख महां हुन्छु वांचुन्जेल म निर्भय

या त नेपाल फर्कन्छु केही देखिन्न निश्चय

(७)

सवै मेसिनले गर्छ मेसिनै भित्र देश छ

न यो संसार निर्माता ब्रह्मा , विष्णु , महेश छ

शिक्षा , स्वास्थ चलेका छन् देखिदैन कतै फिका

सिंगो संसारको सार धन्य तेरो अमेरिका

२२ अप्रिल २०२४ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *