Sat. May 18th, 2024

टंक सुवेदी

कुलका मुल स्रस्टाहन् भारद्वाज पिता सरी

उनैका रक्तमा आज अनेकौं रूप मंजरी

हजारौं फूल छन् किन्तु माला एक भए सरी

गोत्रमा एउटै नै छन् पुकारिन्छन् थरी थरी

(१)

कान्य कुव्ज उचालेर कर्णाली भेकमा सरे

राज दरवारमा राम्रै सुसंमान थियो अरे

पूजा , आजा सधैं गर्थे नीति सिद्धान्तका धनी

तिनै हुन् अहिले हाम्रा कुलका देवता पनि

(२)

पहिले भट्ट मानिन्थे कुसा भट्ट थिए पिता

मुक्तकण्ठ थिए सारा वेद , चण्डी हरू गिता

कुलकै मुलमा मान्छे जो विद्धान उदाउॅंथ्यो

सुसंमान ठूलै हुन्थ्यो भट्टनै कहलाउॅंथ्यो

(३)

नीति निर्णय गर्दा र पढ्न लेख्न सिकाउॅंदा

भट्टकै मान्यता हुन्थ्यो राजदरवारमा सदा

धर्मकै आडमा चल्थे न्याय इन्साफका कुरा

मान्छेको मन माझिन्थ्यो धर्मलेनै पूरा पूरा

(४)

त्रिपरवर पक्ष हो उननको कोही पंच पनि थिए

तैपनि राज्यले राम्रो सुमंमान हरू दिए

गाई , व्राह्मण , देउताको सेवा गर्ने सधैं भर

पितृभक्त थिए आंफैं राज्यका झन् धरोहर

(५)

आंफैं धन्वन्तरी जस्तै सर्वौषधी वनाउॅंथे

खुसियाली हुंदा धेरै विर्ता , रैकर पाउॅंथे

वाध , पैनी , कुलो काटी सिंचाइ गर्न लाउॅंने

न्यायको पक्षमा लड्ने मुल वाटो समाउॅंने

(६)

फेरिए युगका पाना आविष्कार नयां भए

तेसैको खोजिमा मान्छे तल मथी हुदै गए

वाडियो शक्तिको स्रोत वसाइ सर्न थालियो

तेही वसाइको रोग हामी भित्र छंदै छयो

(७)

मान्छे संपन्नभो आज सुविधा खोज्न थालियो

समाधान हुंदै आए अन्धकार पखालियो

पगाले हिउॅंका थुंका निकाले धर्तीको रस

मान्छेकै हातमा आज यो संसार भयो वस

(८)

जनसंख्या वढ्यो मान्छे समस्या भित्र जेलियो

कामकै भरमा धेरै थरको रूप फेरियो

परन्तु गोत्र एउटै छ भारद्वाज मिठो छ यो

रगतको वलियो नाता गोत्रले छुट्टिने भयो

२९ जनवरी २०२४ ।