Sat. May 18th, 2024

टंक सुवेदी

मान्छेका मुटुभित्र खेल्दछ मिठो आध्यात्मवादी पन

त्यै निस्क्यो घरमा वढ्यो तरूणभै ल्यायो नयां चिन्तन

केदारे श्वर वद्रीनाथ हरूको दर्शन गर्यो चित्तले

वायुयान उकासियो र पुगियो दिल्ली लगे मित्रले

(१)

टेक्दा भारतमा सफा सुमधुरो देख्यौं नयां गौचर

चारै तर्फ सफा सफा सरसिला वालि , वगैंचा , घर

देख्यौं मार्ग सफा , सफा लहरमा लुक्ने लरी लैवरी

देखिन्छे हरियाली भित्र भरिली दिल्ली परी सुन्दरी

(२)

दिल्ली गेट विचित्र चित्र हरूको संलो संगालो वन्यो

मैं हुं लौ इतिहास वीरहरूको तेसले मलाइ भन्यो

हेर्दा त्यो हरियाली भित्र वलियो पर्खाल जस्तै थियो

सिंगो भारतको हियो चहकिलो वल्दै गरेको दियो

(३)

सिंगो भारत यो सिंगार्न र नयां स्वतन्त्रता ल्याउन

शान्ती पुर्वक मित्रराष्ट्र संगको अस्थित्व जोगाउन

नेपाली जती वीर चर्र्चित वने निस्वार्थ सेवा गरे

दिल्ली गेट सिंगार्न यै किसिमका वुट्टा कुंदेका अरे

(४)

हामी रेल चढेर मन्दिर गयौं किल्सा हुंदै आइयो

अक्षर धाम विचित्र चित्र हरूको गाथा मिठो गाइयो

गान्धी रोड पवित्र मन्दिर हुंदो गर्दै गयौं आरती

लौ लौ मन्दिरमा चढाउ रूपियां भन्दै थिए भारती

(५)

दिल्ली वाट पतन्जली तिर गयौं दर्शन हरिद्वारको

पूजा अर्चनभो समर्पण भयौं माला दियौं हारको

लक्ष्मण , रामझुला सीताजी हरूको गर्दै गयौं दर्शन

गौरी कुण्ड सफा नुहाउन गयौं धेरै भए तर्पण

(६)

केदारेश्वर शान्त , कान्त हिंउॅंको लामो उकालो हुंदा

लठ्ठीकै भरमा थियौं सव जना नौलै थिए संपदा

सोझै मन्दिरमा गयौं हिम नदी वग्दै थिए खोंचमा

चौतर्फी हिंउॅंका सफा शिर थिए नौलो नयां लेकमा

(७)

पूजा दर्शनभो सदा शिवजीको गर्ने हजारौं थिए

गंगाको तट तर्पणादी गरियो गर्ने हजारौं थिए

भोलिपल्ट घुमाउरो पथ हुंदै वद्री पुग्यौं रातिमा

तारा , चन्द्र निकै सुशोभित थिए आकासका छातिमा

(८)

चौतर्फी हिउॅंका सफा शिर थिए मन्दिर नौलो थियो

नौला हांमी थियौं नयां सव कुरा संसार नौलो थियो

घुम्दै मन्दिरमा गयौं खुसिभयौं माला दियौं हारको

श्री नारायण वद्रिनाथ हरीमा श्रध्दाछ संसारको

(९)

हेर्दा शान्त सफा दफाहरू थिए माला थिए कंचन

गंगाको जल सेचनादी गरदै प्यूंदै थिए सज्जन

तातो कुण्ड गयौं नुहाउन सयौं जाडो सवै मेटियो

हेर्दा व्रह्मकपाली शान्त र सफा भूस्वर्ग जस्तै थियो

(१०)

हाम्रो श्राध्द भयो विधान सितको उद्धारभो पितृको

मान्छेको मन माझियो दिल खुल्यो यात्रा भयो दिल्लीको

लिला कृष्णजीका सुनेर मथुरा प्रस्थान हाम्रो भयो

पूजा मन्दिरमा भयो बिधी संगै संकल् राम्रो रह्यो

(११)

हामी गोकुलमा गयौं ब्रज हुंदो वल्दै थिए आरती

लौ लौ मन्दिरमा चढाउ रूपियां भन्दै थिए भारती

देख्यौं शान्त सफा दफा शहरका माला थिए कंचन

घुम्दै ताजमहल गयौं खुसी भयौं धेरै भए मन्थन

(१२)

आग्राको मुमताजको महल त्यो सोह्रै कलाको धनी

त्यै घर ताजमहल वन्यो मुलुकमा फैलाउंदै सन्सनी

हांमी त्यै घर हेर्नलाइ पुगियो हेर्ने हजारौं थिए

आग्राको हरियाली भित्र यसका धेरै कुरा देखिए

(१३)

यस्तै तर्क वितर्क पेस गरदै दिल्ली गयौं सांझमा

मामाको परिवारले कति कुरा राख्नुभयो माझमा

भान्जा रेवतीका भुरा र दिदीका किर्तन सवैले लियौं

भोलिपल्ट विदा भएर सजिलै नेपालमा फर्कियौं

(१४)

वायुयान उड्यो र मातृभूमिको संघारमा टेकियो

सिंगो भारत छेकियो र विधीको संसार यो देखियो

गौशाला तिरवाट चक्रपथभै सोझै पुर्यायो घर

प्यूंदै फूल प्रसादी सेचनगरी भन्दै रह्यौं हर्हर

१९ फ्रेव्अरी २०२४ ।

जल सेचनादी गरदै प्यूंदै थिए सज्जन