Sat. May 18th, 2024

टंक सुवेदी

भन्छन् देश पुरानो भो नयां नेपाल चाहियो

सवै चिज पुरानै छ थोत्राले दुख पाइयो

पुर्व पस्चिम थोत्रो छ , थोत्रो दक्षिणको घर

विश्वको दृष्टिमा नौलो नयां वन्दै छ उत्तर

(१)

हाम्रा कानुनका ठेली पुराना जिर्ण जिर्ण छन्

तिनै ठेली उचाल्ने र पछार्ने झन् अजिर्ण छन्

न्यायका कठ्घरा भित्र पर्दै पर्दैन क्वै पनि

नयां कानुन लेख्दैनन् थोत्राले कहिल्यै पनि

(२)

सुरक्षा अंग भित्रै झन् थोत्राकै चक्रव्यूह छ

सो झाले न्याय पाउन्न वांगो त्यै व्यूहभित्र छ

नयां शान्ति सुरक्षाको नारा चल्दै छ देशमा

तिनैका अगुवा वस्छन् लचक्दार अडेसमा

(३)

भनिन्छ वुद्धको देश न शान्ति न पवित्र छ

मान्छे मार्ने र मर्नेको जुहारी देश भित्र छ

भ्रष्टाचारी दुराचारी नेतृत्व फाटका धनी

यिनैका चालमा आज देश घुम्दैछ फन्फनी

(४)

शिक्षा संकाय थोत्रो छ यसैमा दुई धार छन्

सांढेका छाउरा पढने चोटिला दरवार छन्

यिनैले योजना वुन्छन् वाजी मार्न सिपालु छन्

सोझा मानिस अल्झिन्छन् यिनैका जाल भित्र झन्

(५)

उपचार महंगो छ यसैमा दुई धार छन्

व्यक्तिका भरमा चल्ने अस्पताल अपार छन्

यिनकै नेतृत्वमा चल्छन् अस्पताल सुरू सुरू

उपचार गरी मान्छे रूदै जान्छ धुरू धुरू

(६)

सरकारी स्वास्थ्य संस्था छन् दुर्गन्धयुक्त जिर्ण छन्

तर वास्तवमा हेर्दा स्रोत साधन पुर्ण छन

व्यवस्था भित्र छन् किन्तु यिनै तस्करका गुरू

यिनैले यन्त्रका पुर्जा ओसार्दै छन् खुरू खुरू

(७)

देश विदेशका यात्रा यिनैका मुठ्ठी भित्र छन्

डलरका देशमा यिनकै चोटिला इष्ट मित्र छन्

मन्त्रीका कुर्सीमा वस्छन् यिनै तस्करका गुरू

मिचिदा देशको नक्सा हेरेका छन् टुलु टुलु

(८)

नयां चुनाव देखिन्छ थोत्राले स्थान पाउॅंछ

थोत्रा विचार धाराले कहिले देश वनाउॅंछ

थोत्रा विचार विग्रेका पत्रुका भाउ भित्र छन्

मन्त्रीका कुर्सीमा वस्ने यिनैका इष्टमित्र छन्

(९)

थोत्रा विचारको सामु नयांको मत भिन्न छ

नयांले स्थान पाउन्न यै यौटा प्श्नचिन्ह छ

नयां विचार देखिन्छन देखिन्छन् टोल टोलमा

यिनैले लेख्न सक्नेछन योजना यै भूगोलमा

(१०)

नयां मष्तिष्कले देख्छ विश्व व्रमाण्ड सौरभ

सहिदका रक्तले लेख्छन् इतिहास सगौरव

थोत्रा विचार गल्दैछन् कोपिला फूल्न सक्दछ

सुनौला दिपले मात्र अंध्यारो खुल्न सक्दछ

(११)

नयां कानुनका ठेली नयांले लेख्न सक्दछन्

धर्ती , आकासमा के छ नयांले देख्न सक्दछन्

युवा हुन् देशका खम्वा युवाहुन् राष्ट्रका गति

युवाकै वलमा हुन्छ देशको सिघ्र उन्नति

(१२)

देशको भेष फेरिन्छ नयां नेतृत्व पाउॅंदा

सुनौला फूल फूल्नेछन् गणतन्र उदाउॅंदा

युवाले फेर्न सक्ने छन् थोत्रा संजाल चित्र या

युवाले देश हांक्ने छन् सवैमा चेतना भया

५ फ्रेवुअरी २०२४ !