Sat. Aug 15th, 2026
Thursdays are Poems by Tanka Subedi.

उठी जाग हे वीर हो प्रात आयो

सुनौलो विहानी खुसी भै उदायो

निरंकुसता को दियो निभ्न लाग्यो

रुढी वादको क्रुर अन्याय भाग्यो

(१)

उठी जाग हे न्यायका दिव्य रुप

नयां युग हाम्रो छ पर्दैन दुख

चितुवा र व्यांसा हरुको समाज

डराएर भागी रहेको छ आज

(२)

उठी जाग हे आर्तका प्राण वायु

नयां क्रान्ती को दिप लाइ जगाउ

छिनालेर सामन्तका क्रुर ताना

समानता को ल्यांउॅं नौलो जमाना

/२७ / सेप्टेम्वर / २०२१ /